झापामा आज ४१ जनामा कोरोना संक्रमण पुष्टि

भद्रपुर १४ मंसिर । झापामा आज एक सुरक्षाकर्मी, १७ महिला र २४ जना पुरुष गरी ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

जसअनुसार, दमकमा ९ जना, बिर्तामोडमा २ जना, गौरादहमा १ जना, भद्रपुरमा २ जना, कनकाइमा १ जना, हल्दिबारीमा २जना, अर्जुनधारामा ७ जना, गौरीगन्जमा १ जना, कमल गापामा १ जना, झापा गापामा १४ जना र अन्य १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनरसार झापामा सक्रिय संक्रमितको संख्या १२०८ जना रहेका र आजसम्म कुल मृत्युको संख्या १०८ पुगेको छ ।