समाचारस्थानीय

ग्रामीण प्रेस क्लब झापाको अध्यक्षमा नेत्रविक्रम

भद्रपुर । ग्रामीण प्रेस क्लब झापाको प्रथम अधिवेशनबाट नेत्रविक्रम विमलीको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन भएको छ ।

कार्यसमितिको अध्यक्ष नेत्रविक्रम विमली, उपाध्यक्ष पितमकुमार धमला, महासचिवः राजेश आचार्य, सचिव अभिषेक खतिवडा
र कोषाध्यक्ष शान्ता उप्रेतीलाई निर्विरोध चयन गरिएको हो ।

त्यस्तै सदस्यहरूमा क्रमशः रत्नकुमार बुढाथोकी, जनकलाल राजवंशी, बुधलाल किस्कु, श्रीप्रसाद शिवाकोटी, हेमन्त मैनाली र टिकाराम बास्तोला चयन भएको निर्वाचन समितिले जनाएको छ ।

झापाका दक्षिणी क्षेत्रमा रहेका हल्दिवारी, कचनकवल, बाह्रदशी, झापा गाउँपालिकामा रहेर निरन्तर पत्रकारिता गरिरहेका पत्रकारहरूको साझा संस्थाका रूपमा ग्रामीण प्रेस क्लब झापाको स्थापना गरिएको थियो । विधिवत दर्ता भएर गत वर्षबाट अस्तित्वमा आएको क्लबले पहिलो अधिवेश हल्दिवारीमा सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।