रात्रि कालिन क्लवस्तरीय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा
भद्रपुर । युवा पुस्तालाई खेलकुदको माध्यमबाट अनुशासित तथा सामाजिक रुपमा जिम्मेवार वनाउने उदेश्यले झापाको चन्द्रगढीमा प्रथम ब्रदस युनाइटेड क्लवस्तरीय नकआउट फुटबल रात्रि कालिन प्रतियोगिता संचालनको तयारी पूरा भएको छ ।
भद्रपुर ९ अन्तरगत जीवन ज्योति आधारभूत विद्यालयको प्रांगणमा भोलि आईतवार २५ गते देखि यहि असोज ३१ गते सम्म संचालन हुने प्रतियोगिताको ब्रदश युनाइटेड क्लव भद्रपुरको आयोजनामा प्रतियोगिता सम्पन्न हुन लागेको हो ।
साझ ५ वजे देखि संचालन गरिने प्रतयोगितामा क्लव तर्फ र भेन्ट्रान्स तर्फ गरि ८ वटा छुट्टाछुट्टै समुहको खेलमा सहभागी रहने आयोजक समितिका सल्लाहकार संयोजक डा राजेश निराैलाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।
उहाले क्लब तर्फ प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ र दितीय पुरस्कारको राशि ५५ हजार ५ सय ५५ तथा भेट्रान तर्फ प्रथम पुरस्कार २१ हजार र दितीय पुरस्कारको राशि ११ हजार रहेको बताउनुभयो ।
उहाले स्थानीय युवाहरु कुलतमा नपरुन भन्नका लागि खेल आयोजना गरिएको उहाको भनाई थियो । खेलकुद व्यवस्थापन समिति का संयोजक यादव भट्टराईले खेल संचालनका लागि २० लाख नगद खर्च हुने आंकलन गरिएको र उक्त रकमको सम्पुर्ण स्थानीय दाताहरूको सहयोग रहेको बताउनुभयो ।
भद्रपुर नगरपालिका वार्ड न ९ का वार्ड अध्यक्ष राम दाहालले खेलकुदमा रमाउन पाउँदा स्थानीय युवा जनशक्तिमा दुर्वयसनिमा कमि आउन सक्ने बताउनुभयो । क्लबका अध्यक्ष रविन फागोले खेलकुदको माध्यामबाट समाज रुपान्तरण गर्न प्रतियोगिता संचालन गरिएको बताउनुभयो । कार्यक्रम को संचालन क्लबका सचिव युवराज ढकालले गर्नु भएको थियो ।
