नेपाली काँग्रेस भद्रपुर १ नम्वर वडा समिति सर्वसम्मत
भद्रपुर । नेपाली काँग्रेस भद्रपुर १ नम्वर वडा समिति सर्वसम्मत चयन भएको छ । १५ औं महाधिवेशनबाट वडा समिति तथा क्षेत्रीय प्रतिनिधिहरू निर्विरोध चयन भएका हुन् ।
नवनिर्वाचित समितिको सभापति बमबहादुर तामाङ, उपसभापति भीमप्रसाद गौतम तथा उपसभापति (महिला) राधादेवी (देउजा) कार्की, सचिव भुपेशकुमार श्रेष्ठ र सहसचिव कुलप्रसाद खरेल सर्वसम्मत चयन भएका छन् ।
यस्तै सदस्यहरू क्रमशः मसिनी तामाङ, गंगा खरेल, दिननाथ खतिवडा, टंकनाथ ढुंगेल, दुर्गाप्रसाद बास्तोला र भैरव कार्की रहेका छन् ।

त्यस्तैक्षेत्रीय प्रतिनिधि खुल्लातर्फ दधीराम मिश्र, प्रकाश उप्रेती, सुमन भट्टराई, मनप्रसाद कोइराला, धनकुमार लोप्चन, महिला तर्फ यसोदा कार्की, तुलसा थापा, मेनुका दाहाल युवातर्फ, ऋतेश भट्टराई, राजेश भट्टराई, पूर्णमाया मिश्र, प्रजातन्त्र सेनानीतर्फ रूद्र कडरिया, भीम दाहाल, दलित गौरीमाया वि क, श्रमिक भीमबहादुर तामाङ, विषय विज्ञ नेत्रप्रसाद दाहाल, समानुपातिकतर्फ डिल्लीकुमार लिम्बू, कुमारी सुवेदी, खोमा अधिकारी, देवीमाया श्रेष्ठ, प्रविण कार्की, सवित लोप्चन र अपाङ्गतातर्फ बसन्त अधिकारी निर्विरोध चयन भएका हुन् ।
