समाचारस्थानीय

लेखनाथ पुस्तकालयको ४१ औं वार्षिक साधारण सभा सम्पन्न

भद्रपुर । भद्रपुर १० चन्द्रगढीमा रहेको लेखनाथ पुस्तकालय चन्द्रगढीको ४१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

पुस्तकालयका सभापति नवराज घिमिरेको सभापतित्व तथा पुस्तकालयका संस्थापक सभापति डिल्लीराम खतिवडाको प्रमुख आतिथ्यमा संस्थाको सभाहल चन्द्रगढीमा सम्पन्न भएको हो ।

पुस्तकालयका सभापति घिमिरेले वार्षिक गतिविधि प्रस्तुत गरेको सभामा विभिन्न स्रष्टाहरूले आआफ्ना रचना प्रस्तुत गरेका थिए । यसरी आफ्ना सिर्जना प्रस्तुत गर्ने सर्जकहरूमा मिना अधिकारी, निर्मला बास्तोला, डा. खगेन्द्र दाहाल, लिलानाथ भट्टराई लगायत रहेका थिए ।

पुस्तकालयका सचिव हरिकिशोर आचार्यले सञ्चालन गरेको सभामा प्रस्तुत आर्थिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल गर्दै वार्षिक कार्यतालिका अनुमोदन भएको थियो ।