राजनीतिसमाचारस्थानीय

वीपी प्रतिष्ठानको अध्यक्षमा गोविन्द लम्साल

भद्रपुर । विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठान झापाको तेस्रो जिल्ला अधिवेशनले गोविन्द लम्सालको अध्यक्षतामा १७ सदस्यीय नयां कार्य समिति चयन गरेको छ ।

भद्रपुर १० स्थित वीपी चोकमा सम्पन्न अधिवेशनले उपाध्यक्ष पदमा लता कार्की, सचिवमा लवकुमार (लावण्य) पोखरेल, सहसचिवमा शालिग्राम नेपाल र कोषाध्यक्षमा यशोदा कंडेल कोइरालालाई सर्वसम्मत चयन गरेको हो ।

३ वर्षे कार्यकालको लागि गठित समिति सदस्यहरूमा क्रमशः देवेन्द्र गौतम, राजेन्द्र रिजाल, रमेश पोखरेल, मेनका शर्मा, भिमप्रसाद ढकाल, भरत प्रसाईं, धनकुमारी (लता) खरेल, दिनेश पोखरेल, रत्नप्रसाद खतिवडा, मोहालाल राजवंशी, उत्तम राजवंशी र भिमप्रसाद गुरागांईलाई सर्वसम्मत चयन गरिएको छ ।

यस अघि सम्पन्न उद्घाटन सत्रमा नेपाली कांग्रेस झापाका पुर्व उप सभापति राम कट्टेलले वीपीको फोटोमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । अधिवेशनमा प्रतिष्ठानका अध्यक्ष गोविन्द लम्सालले संस्थाको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै प्रतिष्ठानले अहिलेसम्म गरेका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथि कट्टेल, प्रतिष्ठानलाई जगा दान गर्ने जगादाता राजेन्द्र घिमिरे, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, झापा कांग्रेस उपसभापति केशवराज पाण्डे, क्षेत्र नं १ का क्षेत्रीय सभापति ईन्द्रबहादुर बुढाथोकी, लेखनाथ पुस्तकालय चन्द्रगढीका अध्यक्ष नवराज घिमिरे लगायले बोल्दै वीपीको साहित्य जगत र राजनीतिक क्षेत्रमा रहेको योगदानको चर्चा गर्दै विश्वेश्वरप्रसाद कोइरालाले देखाएको बाटोलाई आत्मसात गर्न सकेमा देशको उन्नति र प्रगति हुने धारणा राखेका थिए । सचिव देवेन्द्र गौतमले संचालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष राजेन्द्र रिजाले गरेका थिए भने प्रतिष्ठानमा आबद्ध व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो । ।