समाचारस्थानीय

चन्द्रगढी वनमा वृक्षारोपण सम्पन्न

भद्रपुर । विश्व वातावरण दिवश २०८३ को अवसर पारेर भद्रपुर ९ चन्द्रगढी स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आयोजना तथा भद्रपुर नगरपालिकाको सहकार्यमा वृक्षारोपण सम्पन्न गरिएको छ ।

समूहको निर्माणाधीन पर्यटकीय हरित पार्क सिमसार परिसरमा सौन्र्दयकरण अभियानसित मेलखाने वीरेन्द्र फूल जातका सयौं विरूवा रोपिएको हो ।

भद्रपुर नगरपालिकाका वन वातावरण समितिका संयोजक अर्जुन बानियाको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न वृक्षारोपण कार्यक्रमको स्वागत समूहका अध्यक्ष अनुज खतिवडाले गरेका थिए भने भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल, सामुदायिक वन उपभोक्ता महासंघ झापाका उपाध्यक्ष चन्द्र तामाङ, डिभिजन वन झापाका सहायक वन अधिकृत ईश्वरी घिमिरे, भद्रपुर वन तथा वातावरण शाखाका प्रमुख नेत्रप्रसाद घिमिरे, कृषि शाखाका सुमन विमली लगायतले मन्तव्य राख्दै वन संरक्षणमा वन समूहको महत्वपूर्ण भूमिका रहने बताएका थिए ।

सामुदायिक वन उपभोक्ता महासंघ भद्रपुरका अध्यक्ष जीवन बास्तोलाले सञ्चालन गरेको उद्घाटन समारोहमा सरोकारवाला व्यक्ति तथा संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।