बढ्दो दुव्र्यसन रोक्न चन्द्रगढीमा सचेतना
भद्रपुर । समाजमा बढ्दै गइरहेको लागू औषध दुन्र्यसन न्युनीकरण अभियान अन्र्तगत चन्द्रगढीमा एक दिने सचेतना प्रशिक्षण सम्पन्न गरिएको छ ।
भद्रपुर नगरपालिकाको आर्थिक साझेदारीमा चेतना नेपालको संयोजनमा भद्रपुर १० का टोल विकास समितिका पदाधिकारी लक्षित एक दिने सचेतना प्रशिक्षण सम्पन्न गरिएको हो ।
भद्रपुर १० का वडा सदस्य दुर्गाप्रसाद दाहालको अध्यक्षता तथा नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा १२ वटा टोल विकास संस्थाका पदाधिकारीले भाग लिएका थिए ।
कार्यक्रमको सहजीकरण चेतना नेपालका अध्यक्ष एवम् प्रमुख प्रशिक्षक इन्द्रप्रसाद ओली र प्रशिक्षक कल्पना भट्टराईले गरेका थिए । कार्यक्रममा नेपालमा लागू औषध प्रयोग कर्ताको वर्तमान अवस्था बारे बताउँदै प्रमुख प्रशिक्षक ओलीले २ लाख बढी युवा युवती कुलतमा परेको विवरण समेत पेश गरेका थिए भने झापामा मात्र २० हजार बढी व्यक्ति लागू औषध दुव्र्यसनको शिकार भएको विवरण पेश गरेका थिए ।
प्रेम सेढाइले सञ्चालन गरेको कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू राधाकृष्ण अधिकारी, खड्गबहादुर बुढाथोकी, केदारबहादुर अधिकारी, शालिग्राम नेपाल, मदन खतिवडा, बुद्धिसागर आचार्य, शकुन्तला पोखरेल, हरिप्रसाद पराजुली, दुर्गाप्रसाद पाठक लगायतले सुझाव दिँदै सरकारी नीति तथा कानूनको पूर्ण कार्यान्वयन गर्न सके लागू औषध दुव्यसन न्यूनीकरण हुन सक्ने धारणा राखेका थिए ।
