भद्रपुरमा विद्यालयका बालकालिकालाई नाट्य प्रशिक्षण
भद्रपुर । भद्रपुरमा विद्यालय स्तरका बालबालिकालाई लक्षित गरेर ३ दिने नाट्यशाला तथा साहित्य प्रशिक्षण सुरू गरिएको छ ।
भद्रपुर नगर कला साहित्य तथा संगीत प्रज्ञा प्रतिष्ठानको आयोजनामा नगरभरी रहेका माध्यमिक तहका विद्यार्थीलाई नट्य कलामा पारङ्गत बनाउने उद्देश्यले ३ दिने नाट्यशाला तथा साहित्य प्रशिक्षण सुरू गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको अध्यक्षता तथा संरक्षक नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन शत्रमा नेपाल नाट्यकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरिप्रसाद पौडेल, भद्रपुर प्रेस क्लबका अध्यक्ष राजबाबु शंकर, प्राध्यापक होम सुवेदी, कवि तथा लेखक विरही अधिकारी, लेखनाथ पुस्तकालयका सभापति नवराज घिमिरे, कार्यपालिका सदस्य सीता गुरागाई, चन्द्रगढी वन उपभोक्ता समितिका अध्यक्ष अनुज खतिवडा, पूर्व अध्यक्ष दुर्गाप्रसाद भट्टराई र देवकोटा स्मारक समिति भद्रपुरका अध्यक्ष राजेन्द्र चापागाईले शुभकामना मन्तव्य राखेका थिए ।

सचिव डिल्लीरमण नेपालले सञ्चालन गरेको कार्यक्रममा कवि हरिप्रसाद न्यौपानेले कविता वाचन र देवीचरण भण्डारी सरोजले गीत प्रस्तुत गरेका थिए भने स्वागत सहसचिव महेन्द्र कोइरालाले गरेका थिए ।
आइतवार समापन हुने कार्यक्रममा भद्रपुर नगर क्षेत्रका १६ वटा विद्यालयका ३० जना विद्यार्थीले सहभागिता जनाइरहेका छन् भने प्रशिक्षण प्रतिष्ठानका कार्यक्रम संयोजक फणिन्द्र पोखरेल र परिवर्तन थिएटरकी संयोजक कविता नेपालले प्रदान गरिरहेका छन् ।
