समाचार

भानुभक्त कुभिण्डेलीको “कर्मवीर नरनाथ” महाकाव्यको विमोचन

भद्रपुर । झापाको भद्रपुर १० चन्द्रगढीका सर्जक भानुभक्त कुभिण्डेलीको नयाँ कृति “कर्मवीर नरनाथ” महाकाव्यको काठमाण्डौमा विमोचन गरिएको छ ।

कुभिण्डेलीले रचना गरेको महाकाव्यको शनिवार काठमाडौं स्थित सिनामङ्गलमा रहेको पोखरेल राष्ट्रिय प्रतिष्ठानको प्राङ्गणमा लोकार्पण गरिएको हो ।

महाकाव्यको प्रमुख आमन्त्रित व्यक्तित्व महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, विशिष्ट आमन्त्रित व्यक्तित्व पूर्व गृहसचिव पद्मप्रसाद पोखरेल एवम् निर्वाचन आयोगका पूर्व प्रमुख भोजराज पोखरेलले संयुक्तरूपमा लोकार्पण गरेका थिए ।

विमोचन सभाको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष प्रकाश पोखरेलले गरेका थिए भने राधिका रेग्मी पोखरेलले सञ्चालन गरेको कार्यक्रममा आयोजक तथा प्रकाशक एवम् प्रतिष्ठानका पूर्वउपाध्यक्ष सीताराम पोखरेल (खार्पा) ले स्वागत मन्तव्य राखेका थिए ।

शिक्षाप्रेमी तथा शारदा मावि खार्पा र रावा क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा शिक्षक सेवा आयोगका पूर्व सदस्य सीताराम पोखरेल (कुभिण्डे) ले व्यक्तित्व र कृतित्वको संक्षिप्त टिप्पणी गरेका थिए ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्वमा महाकाव्यकार चन्दप्रसाद न्यौपाने हुनुहुन्थ्यो तथा विशिष्ट आमन्त्रित व्यक्तित्वमा पूर्व गृह सचिव पद्मप्रसाद पोखरेल एवम् निर्वाचन आयोगका पूर्व प्रमुख भोजराज पोखरेल रहेका थिए ।

सर्जक रत्न विरही घिमिरे, सावित्री न्यौपाने, सिकारु राम, उषा बस्ताकोटी, सुशील रिजाल, सुरेश हाचेकाली, जगदीश्वर पोखरेल, उत्तम पोखरेल, गुह्वेश्वरी माध्यमिक विद्यालय काठमाडौका प्रअ अर्जुनकुमार श्रेष्ठ, जुद्धोदय मावि काठमाडौंका पूर्व प्रअ लक्ष्मण पौडेल, हरि पोखरेल, राम पोखरेल, मीरा पोखरेल, निशा पोखरेल, रामहरि पोखरेल, घनश्याम पोखरेल, ईशान सुवेदीलगायत अन्य सयौँ साहित्यप्रेमी तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियोे ।