निर्वाचन २०८२राजनीतिसमाचारस्थानीय

निर्वाचन रिपोर्टिङ सम्बन्धि एक दिने अभिमुखीकरण सम्पन्न

भद्रपुर । निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता सम्बन्धि एक दिने अभिमुखीकरण चन्द्रगढीमा सम्पन्न गरिएको छ ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मंत्रालयको सहयोग तथा नेपाल पत्रकार महासंघ झापाको आयोजना र महासंघ कोशीको सहकार्यमा प्रेस क्लब भद्रपुरको सभाहलमा अभिमुखीकरण सम्पन्न गरिएको हो ।

कार्यक्रममा महसंघ झापा अध्यक्ष एकराज गिरीले कार्यक्रमको वारेमा जानकारी दिदै पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताका विषयमा व्यावसायिक पत्रकारले पेशागत मर्यादा भन्दा बाहिर जान नहुेमा जोड दिए । उनले आचारसंहिता सञ्चारकर्मी र संचारप्रकाशन गृहलाई समेत लागू हुने बताए ।

अन्तरकृया कार्यक्रमको सहजीकरण गर्दै महासंघ झापाका निवर्तमान उपाध्यक्ष केशव भट्टराईले विगतका अनुभवका आधारमा सबै संञ्चारकर्मीले आचारसंहिताको पालना गर्दै स्वतन्त्र पत्रकारिता गर्नु पर्नेमा जोड दिए । यस्तै गणेमान मुखियाले जनविश्वासका लागि पत्रकारितामा आचारसंहिता जरूरी रहेको भन्दै निर्वाचनलाई निष्पक्ष बनाउन पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने कारण पनि आचारसंहिता पालना जरूरी रहेको प्रष्ट पारे ।

कार्यक्रममा अग्रज पत्रकार गोविन्दचन्द छेत्री, संचारिका समूह झापाकी अध्यक्ष लीला अनमोल प्रेस चौतरी झापा अध्यक्ष प्रदीप परियार, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल लगायले बोल्दै झापाको पत्रकारिता मर्यादित बनाउन सवै पत्रकार जिम्मवार हुनु पर्ने बताए । । अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा औचित्यमाथि प्रकाश महासंघ उपाअध्यक्ष सुब्रत न्यौपाने र संञ्चालन सचिव राजु पाठकले गरेका थिए ।