जेष्ठ नागरिकको भवन उद्घाटन
भद्रपुर । भद्रपुर १० चन्द्रगढीमा निर्मित जेष्ठ नागरिक कल्याण समितिको भवन उद्घाटन गरिएको छ ।
समितिको चौथो वार्षिक साधारणसभाको अवसर पारेर नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।
समितिका कार्यवाहक अध्यक्ष हरिकिशोर आचार्यको अध्यक्षता तथा जेष्ठ नागरिक संघ झापाका अध्यक्ष ईश्वरीप्रसाद तिम्सिनाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
प्रदेश तथा संघीय सरकार लगायतका विभिन्न दाताहरूको सहयोगमा ३७ लाख ६ हजार ७ सय ७३ रूपैयाँको लागतमा भवन निर्माण भएको समितिका कार्यवाहक अध्यक्ष हरिकिशोर आचार्यले जानकारी दिए । सचिव शालिग्राम नेपालको सञ्चालन तथा स्वागत मुक्तिनाथ दाहाले प्रस्गरेका थिए । कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल , भद्रपुर १० का वडाध्यक्ष टेक बहादुर खड्का काजी, लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरे लगायले शुभकामना मन्तव्य राखेका थिए ।
भद्रपुर १० स्थित वि पी चौक पश्चिम त्रिवेणी टोलमा सोही स्थानका स्थानीय गोविन्द विनोद तथा राधा चापागाईं र देवीप्रसाद बस्नेतले निशुल्क प्रदान गरेको ३ कठा जग्गामा समितिको भवन गत वर्ष नै निर्माण सम्पन्न भएको थियो ।
