भद्रपुरमा हिंसा बिरूद्धको १६ दिने अभियान समापन
भद्रपुर । महिला हिंसा बिरूद्धको १६ दिने अभियान भद्रपुरमा विविध कार्यक्रम गरेर समापन गरिएको छ ।
भद्रपुर नगरपालिकाको नेतृत्वमा नगरमा रहेका महिला सम्बद्ध संघसंस्थाले सामुहिक रूपमा सञ्चालन गरिरहेको अभियान मानव अधिकारका लागि महिला एकल महिला झापाको संयोजनमा सम्मान तथा प्रवचन कार्यक्रम गर्दै समापन गरिएको हो ।

मानव अधिकारका लागि महिला एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा एकल महिला आमली राजवंशीलाई सम्मान गरिएको थियो भने भद्रपुर नगरपालिका सामाजिक विकास शाखाकी प्रमुख जीवनकला राउतले महिला बालबालिका तथा जेष्ठ नागरिकको अवस्था बारे प्रकाश पार्दै महिला हिंसा बिरूद्धको १६ दिने अभियानमा भद्रपुरमा गरिएका गतिविधि सहितको प्रतिवेदन पेश गरेकी थिइन् ।
सानाहातहरू नेपालका प्रतिनिधि बिक्रम वाग्लेले सञ्चालन तथा एबिसी नेपालकी कञ्चना सिटौलाले स्वागत गरेको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लगायतले मन्तव्य राख्दै हिंसा कुनै पनि हालतमा मानवीय गतिविधि हुन नसक्ने धारणा राखेका थिए ।
