राजनीतिसमाचारस्थानीय

दुर्गा पञ्चायन मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शालिग्राम नेपाल

भद्रपुर । भद्रपुर १० स्थित दुर्गा पञ्चायन मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शालिग्राम नेपाल निर्विरोध चयन भएका छन् । मन्दिर व्यस्थापन समितिको १४ वार्षिक साधारण सभाले नेपालको नेतृत्वमा ११ सदस्यीय समिति निर्विरोध चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा शकुन्तला पोखरेल, उपाध्यक्ष देवीमाया प्रधान, सचिव काशिनाथ घिमिरे, सहसचिव नयाँनाथ पाण्डे र कोषाध्यक्षमा किशोर पौडेल निर्विरोध चयन भएका हुन् ।

सतितिका सदस्यहरूमा क्रमशः खड्गबहादुर बुढाथोकी, हरिप्रसाद रिमाल, डिल्लीराम आचार्य, पुष्पा घिमिरे र हुमा (ममता) न्यौपाने निर्विरोध चयन भएका छन् ।

त्यसैगरी लेखा समिति संयोजकमा मदन खतिवडा तथा सदस्यहरूमा क्रमशः तारा अधिकारी र रेखा अधिकारी चयन भएका छन् ।