पाथिभरा अस्पतालको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न
भद्रपुर । भद्रपुर स्थित ओम साई पाथिभरा नर्सिङ कलेजकी प्रिन्सिपल ज्योति भट्टराई र अस्पतालमा कार्यरत डा रमित शाहलाई बिदाई गर्दै नयाँ डा. अशोक ठाकुरलाई स्वागत सम्मन गरिएको छ ।

कामको सिलशीलामा अन्यत्रै जान लागेका द्वय प्रिन्सिपल भट्टराई र डा शाहलाई अस्पतालका निर्देशक बालकुमार पोखरेलले मायाको चिनो सहित बिदाई गरेका हुन् ।
प्रिन्सिपल भट्टराई उच्च शिक्षाका लागि अमेरिका जान लागेकी हुन भने डा शाह काठमाण्डौतिर कार्यस्थल बनाएर जान लागेका हुन् ।
अस्पतालका निर्देशक पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेडिकल सुपरिटेण्डन डा जयकुमार ठाकुर, प्रिन्सिपल भट्टराई र डा शाहले मन्तव्य राख्दै अस्पताल प्रशासनले पारिवारिक वातावरण निर्माण गरेकै कारण धेरै कुरा सिकेर जान पाएको बिचार राखेका थिए ।
