पत्रकार महासंघ झापाले खवरदारीका साथ मनायो संविधान दिवस
विर्तामोड । पत्रकार महासंघ झापाले खवरदारीका साथ संविधान दिवस २०८२ मनाएको छ । महासंघ झापाले विर्तामोडमा प्रभातफेरी सहित कोण सभा गरेर संविधान दिवस मनाएको हो ।
हनुमान कम्प्लेक्स अगाडिबाट निकालिएको र्याली मुक्ति चोक, अधुवा खोलाको पुल, इलाका प्रहरी कार्यालय बिर्तामोड हुँदै पुनः मुक्ति चोकमा आई कोणसभामा परिणत भएको थियो ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको नेतृत्वमा, विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मीहरु सहभागी थिए । सहभागीहरुले “प्रेस स्वतन्त्रता जिन्दावाद, संविधान दिवस जिन्दावाद, संविधानको रक्षा गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, भ्रष्टाचारको अन्त्य, सुशासन र शान्ति हाम्रो चाहना” जस्ता नारा लगाएका थिए ।

कोण सभामा पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, झापा अध्यक्ष एकराज गिरी, मानव अधिकार सञ्जाल झापा संयोजक रुपक खनालले सम्बोधन गर्दै लामो संघर्षपछि संविधान सभाबाट जारी भएको लोकतान्त्रिक संविधानको सवै पक्षबाट सुरक्षा हुनु पर्ने धारणा राखेका थिए ।
