भद्रपुरका नगर प्रमुख तथा उपप्रमुखको निवास अनुगमनमा मानवअधिकारकर्मी
भद्रपुर । भद्रपुर स्थित नगर प्रमुख तथा उपप्रमुखको निवासमा भाद्र २४ गते भएको बिध्वम्सको वास्तविकता बुझ्न मानव अधिकारको टोलीले स्थलगत अवलोकन गरेको छ ।

क्षतिको वास्तविक अवस्था बारे जानकारी लिन मानव अधिकारकर्मी रूपक खनाल, दिपक दास लगायतको टोलीले दुवै घरको स्थलगत अनुगमन गरेको हो ।
टोलीलाई नगर प्रमुखका बुबा जीवनाथ पोखरेलले आफ्नो घरको क्षति बारे जानकारी गराएका थिए भने उपप्रमुख कार्की आफैले वास्तविकता देखाएकी थिइन् ।
भ्रष्टाचार बिरूद्ध जेनजीको भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा सरकारी पक्षबाट बर्बर दमन भएपछि आक्रोसमा २४ गते देशभर प्रदर्शन हुँदा सरकारी भवन तथा सम्पत्ति र सरकार पक्षका स्थानीय तहदेखि संघीय तहसम्मका नेताहरूका निजी सम्पत्तिमा समेत आक्रमण भएको थियो ।
