काठमाण्डौ मेयरद्वारा जेनजी दमनको कडा आलोचना
झापा । काठमाण्डौका मेयर वालेन्द्र साहले सोमबार जेनजी युवामाथि सरकारी दमनको घटनालाई कडा शब्दमा आलोचना गरेका छन्। साहले आफ्नो फेसबुकमा लेखेका छन्,
“तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।”
मेयरका अनुसार, युवाहरूमाथि भएको यस दमनले मानव अधिकार र लोकतान्त्रिक मूल्यहरूको पूर्ण उल्लंघन गरेको छ र सरकारको नेतृत्वमा रहेको असक्षमता प्रष्ट देखिएको छ।
