Hightlight topसमाचारस्थानीय

अग्रज पत्रकार गोविन्द चन्द छेत्री सम्मानित

भद्रपुर ।  प्रदेश खबरले आफ्नो दोश्रो वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रका १२ जनालाई सम्मान गरेका छ ।

सम्मानित हुनेमा झापा भद्रपुर बस्ने कोशी प्रदेशकै अग्रज पत्रकार गोविन्द चन्द छेत्री, नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौला, श्रमजीवी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष भीमज्वाला राई छन् ।
यस्तै, सम्मानित हुनेमा इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकमारी लिम्बू (दहाल),शिक्षासेवी चन्द्र भण्डारी, टाइम्स पब्लिकेशनका पुरुषोत्तम दाहाल, नेपालमा सबैभन्दा अग्ला व्यक्तिका रूपमा परिचय स्थापित गराउने राजन अधिकारी र पर्यटन व्यवसायी सुनील भुसाल रहेका छन्

 

यस्तै, संस्थाहरू कामधेनु दूग्ध विकास सहकारी संस्था लिमिटेड, माया घर नेपाल र नव दृष्टि आँखा अस्पताललाई सम्मान गरिएको हो । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मान प्रदान गर्नुभयो।
यससँगै १३ जनालाई अवार्ड पनि प्रदान गरिएको प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो।