बाढी पीडितका लागि एमरेल्डको १ लाख ११ हजार राहत
भद्रपुर । भद्रपुर ७ स्थित एमरल्ड एकाडेमीले विपतमा मानवीय सहयोग कार्यक्रम अन्र्तगत भोटेको बाढी पीडितका लागि राहत स्वरूप १ लाख ११ हजार रकम सहयोग गरेको छ ।
विद्यालयका प्रिन्सिपल दिगम्बरराज अधिकारीका अनुसार विद्यालय परिवारबाट संकलित रकम तथा संस्थाको कोषबाट जम्मा गरी १ लाख ११ हजार रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो ।
२०४३ सालमा स्थापित सो विद्यालयले विभिन्न समयमा विपतमा परेका बेला राहत सहयोग गर्दै आइरहेको छ । २०७२ सालको भूकम्प पीडितलाई पनि संस्थागत सहयोग गरेको एमरेल्ड एकाडेमी भद्रपुर झापाको स्थापित शैक्षिक संस्था रहेको छ ।
