झापा ३ मा रास्वपाको सुरुवाती अग्रता
भद्रपुर । झापा क्षेत्र नम्वर ३ को मतगणनाको पछिल्लो नतिजा अनुसार रास्वपाका उम्मेदवार प्रकाश पाठकले २ हजार २८१ मत मतका साथ अग्रता कायम गरेका छन् ।
पाठकलाई पछ्याउँदै राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन एक हजार ६२० मतमा छन् भने श्रम संस्कृति पार्टीका दिपक तिम्सेना ७८८, नेकपा एमालेका हरि राजवंशी ६२४ र काँग्रेसका राजेन्द्र कुमार घिमिरे ५१२ मतका साथ पछ्याइरहेका छन् ।
