वैदिकको रक्तदानमा २० जनाले रगत दिए
भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा ४ जना महिला सहित २० जनाले रक्तदान गरेका हुन् ।

सहकारीका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रमको सहजीकरण सचिव विदुर ढुंगानाले गरेका थिए ।
