राजनीतिसमाचारस्थानीय

चन्द्रगढी खानेपानीको २३ औं सभा सम्पन्न

भद्रपुर । भद्रपुर १० स्थित खानेपानी उपभोक्ता तथा सरसफाई समिति चन्द्रगढीको २३ औं परिषद भेला तथा वार्षिक साधारण सभा चन्द्रगढीमा सम्पन्न गरिएको छ ।

कोशी प्रदेशका पूर्व खानेपानी तथा सिंचाइ मन्त्री एकराज कार्कीले परिषद भेलाको उद्घाटन गरेका हुन् ।

संस्थाका अध्यक्ष पुरुषोत्तम अधिकारीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समितिले हाल सम्म गरेका गतिविधिका बारेमा प्रकाश पारेका थिए । उनले समितिको अन्तिम सभा भएको जानकारी दिँदै छिटोभन्दा छिटो नयाँ समिति समेत चयन गरिने बताए ।

कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, निवर्तमान संघीय सांसद सुनिता बराल, राप्रपा भद्रपुर नगर अध्यक्ष राजकुमार राई, समितिका संस्थापक अध्यक्ष लेखनाथ निरौला लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कोषध्यक्ष खेमराज भट्टराईले वार्षिक आयव्यय प्रस्तुत गर्दै २ करोड ८६ लाख ७२ हजार ४८५ आम्दानी तथा २ करोड ५५ लाख ४४ हजार १२५ खर्च विवरण पेश गरेका थिए भने सचिव बाबुराम कार्कीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बाबुराम पराजुलीले गरेका थिए ।