राष्ट्रसेवक सहकारीको अध्यक्षमा लक्ष्मीप्रसाद गुरागाई निर्विरोध चयन
भद्रपुर । राष्ट्रसेवक सहकारी संस्था लि. भद्रपुर १० को २६ औँ साधारण सभाबाट लक्ष्मीप्रसाद गुरागाई संस्थाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
वीरेन्द्र नमुना क्यापसको सभा हलमा सम्पन्न साधारण सभामा नेपभल निजामती कर्मचारी संगठनका केन्द्रीय महासचिव रामचन्द्र अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय महासचिव रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा अध्यक्ष अधिकारीले साँगठनिक प्रतिवेदनमार्फत शेयर पूजी एक करोड ५८ लाख ७४ हजार ५००। रहेको विवरण सहित सहकारीमा ११ करोड ४८ लाख ९८ हजार २३२।५५ सम्पत्ति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारीलाई व्यवस्थित रूपमा ४ वर्षे कार्यकालमा योगदान दिने संचालक समिति पदाधिकारीहरु अध्यक्ष अधिकारी सहित४ जना तथा कर्मचारी अनुज खतिवडा र नुतन पौडेललाई प्रशंसा पत्र प्रदान गरेर सम्मान गरिएको थियो । उपाध्यक्ष डिल्ली ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्ंचालन नवराज पोखरेलले गरेका थिए भने निर्वाचन समितिको संयोजकका रूपमा कृष्णप्रसाद शर्माले नेतृत्व गरेका समितिमा सदस्य प्रेम बहादुर गुरागाई र श्याम प्रसाद गुरागाई रहेका थिए ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा तेजिन्द्र न्यौपाने, सचिवमा शेषराज पौडेल र कोषाध्यक्षमा कृष्ण रुचाल चयन भएका छन् ।
यसैगरी सदस्यमा क्रमशः रामचन्द्र मिश्र, भिमा भट्टराई, जीवनकला राउत, मन्दिरा श्रेष्ठ र राजेन्द्र प्याकुरेल निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा घनेन्द्रप्रसाद ढकाल तथा सदस्यमा सुरेश भट्टराई र सुभाष कुमार विक समेत निर्विरोध चयन भएका छन् ।
