कोषाध्यक्ष पदकी उम्मेदवार मञ्जु खतिवडाको प्रतिबद्धता

चन्द्रगढी । चन्द्रगढी वन उपभोक्ता समितिको आसन्न निर्वाचनका लागि कोषध्यक्ष पदमा उम्मेदवारी दिएकी मञ्जु खतिवडा अधिकारीले वन सम्पदाको संरक्षणका लागि पारदर्शी रूपमा आयव्यय राख्ने प्रतिबद्धता सार्वजनिक गरेकी छिन् ।

खतिवडाले पदीय दायित्व पूरा गर्न कुनै दलको झण्डा नउठाई उपभोक्ताको भावना अनुकुल निष्पक्ष र पारदर्शी काम गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

उनले पद अनुकुल जिम्मेवारी बहन गर्न सक्ने उम्मेदवारलाई मतदान गर्न अनुरोध गर्दै मतदातालाई आफ्नो प्रतिबद्धता सार्वजनिक गरेकी हुन् ।


उनको अपील जस्ताको त्यस्तै हेरौं—“आदरणीय उपभोक्ताज्यू चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहमा मेरो कोषध्यक्ष पदमा उम्मेदवारी यस कारण हो ।
वन सम्पदा दलहरूको बहुमत अल्पमतको गोलचक्र होइन
यो नितान्त प्राकृतिक सम्पदा हो जसलाई बचाउन राजनीतिक दलको चस्मा फाल्नै पर्छ ।
कुन पदका लागि कुन उम्मेदवार उपयुक्त छ ? निर्णय गर्ने जिम्मा तपाईहरूकै हो
तर पदीय दायित्व बहन गर्नै नसक्ने उम्मेदवारलाई जिम्मेवारी दिइयो भने यस सम्पदाको हालत के होला ?
सोच्नु होस् र निर्णय गर्नुहोस्
कोष नै नबुझेको व्यक्ति कोषध्यक्ष भएमा वन सम्पदाबाट संकलित राजश्वको हालत के होला ?
आफै हिसाव हेर्न जान्दैन अर्काले बनाइ दिएको हिसामा सही गरेर पार्टीृको झण्डा हल्लाउँछ भने वन तथा वातावरण संरक्षण हुन्छ त ?
फेरि एकचोटी सोच्नुहोस् मलाई योग्य देख्नु भयो भने मतदात गर्नुहोस् । तपाँईको विश्वासमाथि घातचाहिँ गर्ने छुँइन । ”