विजया दशमी २०८२ को शुभकामना
हरेक वर्ष दशैं आउँदा नेपालीहरूको घर आँगनमा खुसीको बास हुन्छ भन्ने परम्परा थियो । अचेल विगतको परम्पराभन्दा भिन्न शैलीमा दशैं आउँदै छ । असारमा पर्ने पानी यही दशैंको मुखमा पर्दा सयौं व्यक्तिले बाढी पहिरोमा परेर सास्ती खेप्नु परिरहेको छ । यस वर्ष पनि दशैं खुसी कम रोदन बढी भएर आएको छ । राजनीतिक वितण्डा विपत बनेर यसपालीको दशैमा दशा भएर आउँदा व्यक्ति, परिवार, समाज र देशकै लागि यस पटकको दशैं खुसीको उत्सव बन्न नसक्ने भयो ।
दशै पर्वले घरआँगन टेकी सकेको छ । बजार महंगो हुँदा हँुदा खाने समस्यामा छन् । चार्ड पर्वमा कालोबजारीले नागरिकका आवश्यकता थेग्नै नसक्ने गरी मौलाउन पाइरहेको छ । सामाजिक रीतिस्थिति र अनुशासन भताभुङ्ग छन् । सरकारी समाजमा घुसखोरी–कमिशनखोरी जस्ता खुँखार भ्रष्टाचारको ‘राज’ चलिरहेको छ । सरकारी नियन्त्रक निकायका टाउकेहरू स्वयम्लाई अनुबन्धित गराई कालाधन्धे तस्करहरूले अघोषित रूपमा खोलेको आवधिक र स्थायी ‘सेटिङ कम्पनी’–हरूको ‘खुल्ला–गोप्य घुमघाम’ चलिरहेको छ । यस विकृति बिरूद्ध विद्रोहको आगो उठ्दा ७२ जनाले ज्यान गुमाइसकेका छन् भने चार सय बढी घाइने बन्नु परेको छ । राजनीतिको एउटा युगको अन्त्य पनि भएको छ ।
यस आन्दोलनले भ्रष्टाचारलाई मूल शत्रु मानेर प्रहार गरेको भए पनि भ्रष्टाचारका मूल जराका रूपमा रहेको बिचौलिया र भ्रष्ट कर्मचारीतन्त्र राजनीतितिर देखाएर आफ्ना कर्तुत छोपिरहेको अवस्था छ । नेतृत्वमा पुगेका दलका नेतालाई लोभ र लालच देखाएर भ्रष्टपथमा हिड्न बाध्य बनाउने बिचौलिया र भ्रष्ट कर्मचारीतन्त्रमाथि लक्षित भएर बिद्रोह संगठित नभएसम्म देशमा व्याप्त रहेको भ्रष्टाचार र कुशासन अन्त्य हुने छैन ।
जेनजी पुस्ताको बिद्रोहबाट लोकतान्त्रिक व्यवस्थामा रजाँइ गरिरहेका दलहरूलाई किनारा लगाएको भए पनि सत्ताको नेतृत्वमा पुगेका दलका नेतालाई लोभ देखाइ देखाइ भ्रष्ट बाटोमा धकेल्ने बिचौलिया तथा कर्मचारीतन्त्र चोखो हुँदै नागरिक सरकारका नाममा चोरबाटोबाट सत्तामा पुग्न थालेपछि भ्रष्टाचार बिरूद्धको बिप्लवले सार्थकता पाउनेमा विश्वास हराउँदै गएको छ ।
नापी, मालपोत, यातायात, अदालत, राजश्व, भन्सार, जिल्ला प्रशासन जस्ता जन सरोकारवाला कार्यालयमा काम लिएर आउने सेवाग्राहीलाई भित्र सहज काम लिने हो भने नजराना बुझाउनु पर्छ भन्दै बाटोमै रोकेर रकम असुल्ने सडक छाप बिचौलियाहरू वर्षौदेखि खाली हात सडकमा उभिदा रातारात लाखौंका गाडी घर जोड्दै करोडपति भएर समाजमा घरनिया भएको धमास दिइरहेका छन् ।
उनै बिचौलिया राजनीतितिर धारेहात लगाउँदै भ्रष्टाचारीलाई कारवाही हुनु पर्ने भ्रम छरिरहेको अवस्था छ । कर्मचारीलाई जवरजस्ती लालचमा फसाएर उनीहरूको नाम बेच्दै जनताबाट लुट्ने बिचौलियाहरूको अवस्था बारे नव युवा पुस्ताको आन्दोलन नसोझिएसम्म नेपालमा मौलाइरहेको भ्रष्टाचार घट्नै सक्दैन । यस सत्यलाई बुझ्ने वातावरण यस वर्षको दशै, तिहार, नेपाल संवत तथा छठ पर्वले सवै नेपाली सपूतहरूमा चेतना जगाइदियोस् ।
राजनीतिका सबै स्थानीय परिधिका गोठालाहरू मौन छन् किनकी त्यहाँ पनि विकृतिको बलियो जालोले घेरिएको छ । सबै तप्का र तहका नागरिकले यो सवै बुझेका छन् । तर, नागरिकहरू राजनीतिको भूल–भुलैयाको दृष्य हेरेर कहाँबाट प्रतिकार गर्ने ? सोचमग्न छन् । हुने खानेलाई केही फरक नपर्ला तर हुँदा खानेलाई ज्यान बचाउनै मुस्किल परिरहेको छ ।
हुँदा खानेहरू के गर्ने भनेर टाउकोमा हात लगाउनु पर्ने अवस्था जीवित छ । चार्डवाड मनाउन बहुमत श्रमजीवि नागरिक ऋणको बोझमा हराउनु पर्ने विडम्बना जीवित छ । विगतदेखिनै जनमत पाएका दलका सरकारले जनपक्षीय काम गर्न चुकेकै कारण व्यवस्थामाथि नै प्रश्न खडाहुँदै गएको थियो । भ्रष्टाचार, दुराचार र अन्यायका शृङ्खला एकपछि अर्को रूपमा बढेका थिए । एकाएक भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले सत्ता पल्टन गयो तर अन्यायका श्रृंखला घटेको अवस्था छैन । नव युवाको विद्रोहपछि नया सरकार पनि अस्तित्वमा आइसकेको छ । एउटा पात्र बालेन्द्र साहको निर्देशनमा चलनु पर्ने अवस्थामा सरकार पुगे विगतकै निरन्तरतामा सरकार सिमिति हुने छ । यस कारण यो सरकारले पनि नागरिकका समस्या समाधान गर्दछ भन्ने अनुभूति नागरिकलाई दिन सकिरहेको छैन । बडादशैं–२०८२ को शुभोपलक्ष्य आरम्भ भइसकेको छ ।
यस वर्ष यो पर्वले ‘हुँदा खाने’–हरूका लागि आशा कम निराशा बढी छोडेर ‘दशा’ नै सावित हुने लक्षण देखिदै छ । विद्रोहले पनि यही दशैंको छेउमा आएर अस्तव्यस्तता थपिदिएको छ । जेनजी पुस्ताको विद्रोहबाट लोकतान्त्रिक व्यवस्थामा रजाँइ गरिरहेका दलहरूलाई किनारा लगाएको भए पनि सत्ताको नेतृत्वमा पुगेका दलका नेतालाई लोभ देखाइ देखाइ भ्रष्ट बाटोमा धकेल्ने बिचौलिया तथा कर्मचारीतन्त्र चोखो हुँदै नागरिक सरकारका नाममा चोरबाटोबाट सत्तामा पुग्न थालेपछि भ्रष्टाचार बिरूद्धको बिप्लवले सार्थकता पाउनेमा विश्वास हराउँदै गएको अवस्था छ । यस परिस्थतिमा सत्ता सम्हाल्नेहरूमा सत् वुद्धि प्रदान होस् घुषखोरी र कमिशनखोरी बुद्धिको अन्त्य गरोस् बिचौलियाहरूले देश छोडेर भाग्ने दिन आओस् । देश र जनताको भलाइको वातावरण बनोस् विजया दशमी २०८२ को सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना छ ।