लेखनाथ पुस्तकालयको सभापतिमा नवराज घिमिरे

भद्रपुर । भद्रपुर १० चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयको ४० औं साधरण सभाले नवराज घिमिरेको सभापतित्वमा सर्वसम्मत नयाँ समिति गठन गरेको छ ।

३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा राजेश ढुङ्गाना, सचिव हरिकिशोर आचार्य, सह सचिव गोविन्द कोइराला र कोषाध्यक्षमा माधव घिमिरेलाई सर्वसम्मत चयन गरिएको हो ।

सदस्यहरूमा निर्मला बास्तोला र विकास ढकाल सर्वसम्मत चयन भएका छन् भने ४ जना सदस्य समितिले मनोनित गर्ने सचिव हरिकिशोर आचार्यले जानकारी दिएका छन् ।

पुस्तकालयकी कार्यवाहक अध्यक्ष खगेन्द्रा खुसीको अध्यक्षता तथा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भट्टराईका साथै प्रा .डा .गङ्गा प्रसाद अधिकारी र गङ्गा प्रसाद ओलीले शुभकामना मन्तव्य राखेका थिए ।

पुस्तकालयकी कार्यवाहक अध्यक्ष खुशीले सस्थाको नीति, कार्यक्रम प्रस्तुत गरेकी थिइन् भने कार्यक्रममा कोसाध्यक्ष गोबिन्द कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।