राहत तथा कर्जा मिनाहा
भद्रपुर । नेरुडे मिमिरे लघुभित्ता चन्द्रगढी शाखाले मृतक सदस्यहरूलाई राहत तथा कर्जा मिनाहा गरेको छ ।
लघुभित्ताले मृतक परिवारको घर गई दुई परिवारलाई ४लाख २० हजार बराबर राहत तथा ऋण मिनाहा गरिएको हो ।
उक्त राहत तथा कर्जा मिनाहा वितरण २८ गते भद्रपुर ३ धिमलधुरा केन्द्र नम्बर १०२ को मृतक रिता खवास निजकी बुहारी उषा खवासलाई वडा ३ का सदस्य रिता खड्काले हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरी २९ गते भद्रपुर ७ विसमटोल केन्द्र नम्बर ३२ को मृतक ताजु राजबंशीलाई उहाँको श्रीमान विपिन राजवंशीलाई वडा ७ का अध्यक्ष अभिषेक ढुङ्गानाले हस्तान्तरण गर्नुभएको थियो ।
वितरण कार्यक्रममा चन्द्रगढी शाखाका नरेश तेरुवा कर्मचारी रोजिना पौडेल, नवराज आचार्य, सविनकुमार चौधरी , बिर्तामोड क्लस्टर प्रमुख रामकुमारी राई ,केन्द्रका प्रमुख, उपप्रमुख तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
