बहुविवाह सम्बन्धि कानून रोक्न माग गर्दै ज्ञापनपत्र

भद्रपुर । अन्तर पार्टी महिला सञ्जाल झापाले बहुविवाह सम्बन्धि ल्याइन लागेको कानून तत्काल रोक्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

सञ्जालकी झापा अध्यक्ष गोमा भट्टराईको नेतृत्वमा गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी मार्फत कानून मन्त्रालयलाई बोधार्थ राखेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ—“नेपालको वर्तमान संविधानले महिलामाथि हुने सवै खाले विभेद अन्त्य गर्ने गरी बहुविवाहलाई पूर्ण बन्देज लगाइ सकेको अवस्थामा मुलुकी अपराध संहितालाई संशोधन गरी बहुविवाहलाई प्रवेश दिने कार्य अगाडि नबढाउन आग्रह गरिन्छ” भनिएको छ ।

सरोकारवाला संस्थामा आबद्ध सकृय महिलाहरूको उपस्थिति रहेको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले यथासिघ्र सम्बन्धित ठाउमा ज्ञापनपत्र पुर्याइ दिने प्रतिबद्धता समेत जारी गरेका थिए ।