नेकपा माओवादी केन्द्र हल्दिवारीले लालपूर्जा वितरणको माग गर्दै ज्ञापनपत्र बुझायो
भद्रपुर । नेकपा माओवादी केन्द्र हल्दिवारी गाउँ समितिले भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण कार्य नगरिएको भन्दै अबिलम्ब लाल पूर्जा वितरणको वातावरण निर्माणको माग राख्दै गाउँ पालिकामा ज्ञापन पत्र बुझाएको छ ।
गाउँ कमिटी अध्यक्ष खगेन राजवंशीको नेतृतवमा गएको सरोकारवाला सहितको टोलीले संविधान प्रदत्त अधिकार खोस्ने काम बन्द गर्न माग राखेर गाउँ पालिका अध्यक्ष सहितको स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा—भूमिहिन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई भूमि प्रदान गर्न लालपूर्जा वितरणका लागि हल्दिवारी आइ पुगेको टोलीलाई त्यहाँ काम गर्न नदिएर विभिन्न आरोप लगाउँदै लखेट्नुको कारण के हो ? राजनीतिक दवाव र प्रभावमा पार्न गरिएका यस्ता हर्कत रोक्दै अविलम्ब लालपूर्जा वितरणको वातावण निर्माण गर्न माग गर्दछौंं भनिएको छ ।