दुर्गामाता उपसना समितिको प्रचार उपसमितिमा शालिकराम भट्टराई
भद्रपुर । भद्रपुर १० केन्द्रमोड स्थित दुर्गामाता उपसना समितिले यही चैत्र २४ गतेबाट सुरू गर्ने श्रीमद्वाल्मीकीय रामायण नवाह ज्ञान महायज्ञ सफल बनाउन शालिकराम भट्टराई अन्तरेको संयोजकत्वमा प्रचार प्रशार समिति गठन गरेको छ ।
भद्रपुर १० केन्द्रमोड चन्द्रगढी स्थित उपासना समितिको सचिवालयमा मूल आयोजक समितिका अध्यक्ष मणिराम न्यौपानेको अध्यक्षतामा सम्पन्न सरोकारवालाको भेलाले भट्टराईको संयोजकत्वमा ९ सदस्यीय प्रचारप्रशार समिति गठन गरेको हो ।
समितिका सदस्यहरूमा क्रमशः ईश्वर अधिकारी, द्रोण अधिकारी सनतकुमार अधिकारी, लोकबहादुर कुँवर, रेवतीराज घिमिरे, उत्तम नेपाल, रोहित काफ्ले र रमेश सुवेदी सदस्य रहेका छन् ।
मूल आयोजक समितिका सचिव हरिकिशोर आचार्यका अनुसार पुराणको आयोजना गर्नुको मूल उद्देश्य उपसना समिति सञ्चालनका लागि आवश्यक कोष निर्माण गरी सामाजिक जागरण अभियान सञ्चालनार्थ रहेको छ ।