कानुन कार्यान्वयन गर्न माग गर्दै ज्ञापनपत्र

भद्रपुर । चेतना नेपालले जिल्ला प्रशासन कार्यालय झापामा होटल व्यवस्था तथा मदिरा ऐन सुर्ति नियमन नियन्त्रण ऐन तथा निर्देशिकालाई कार्यन्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ ।

चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओलीको नेतृत्व टोलीले जिल्ला स्थित सम्बन्धित कार्यलय सुरक्षा निकाय लगायतलाई परिचालित गरेर लागू औषध दुव्र्यसन न्युनिकरण गर्न अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाइएको हो ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाललाई बुझाइएको हो उक्त पत्रमा लागू औषध दुव्र्यसनको सुरुवातिचरण सुर्तिजन्य पदार्थ, मदिराजन्य पदार्थ नै पहिलो खुड्किलो भएको हुदा यी पदार्थहरु नियम अनुसार नियन्त्रण गर्न प्रहरी प्रशासन लगायत सम्बन्धित निकायले कानून कार्यन्वयन गर्ने वातावरण निर्माण गर्न माग गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेपालले पत्र बुझ्दै सबै प्रहरी युनिट र जिल्ला स्तरका सम्बन्धित कार्यालयलाई पत्राचार गरेर कानून कार्यान्वयमा ल्याउने प्रतिबद्धता जाहेर गरेका थिए ।

चेतना नेपालले यस अगाडि विभिन्न सघ सस्थाको समन्वयमा झापामा ७२ वटा विद्यालयमा चेतनामुलक शैक्षिक सामाग्री वितरण तथा सदरमुकाम र झापाका मुख्य मुख सहर बजारमा कानून नियम संहिता अंकित सूचना समेत टाँस गरिसकेको चेतना नेपालकी प्रशिक्षक कल्पना भट्टराईले जानकारी दिइन् ।

झापामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नेतृत्व सम्हालेपछि पहिलो प्राथमिकतामा लागू औषध दुव्र्यसनलाई न्युनिकरण गर्न लागि पर्ने प्रतिबद्धता गरिसकेका छन् भने अभियान सफल बनाउन चेतना नेपभल सकृय रहेको अध्यक्ष ओलीको भनाइ छ ।