सदरमुकाममा सचेतना मुलक व्यानर
चन्द्रगाढी । झापा सदरमुकाममा मदिरा जन्य तथा नसा जन्य पदार्थ विरुद्धका सचेतना मुलम सुचना अंकित व्यानर सदरमुकाम चन्द्रगढी भद्रपुर स्थित टांस गरिएको छ।
चेतना नेपालको आयोजना र आन्तरिक राजस्व कार्यालय झापा , स्वास्थ्य कार्यालय झापाको समन्वयमा सम्पन्न भएको छ । नापी कार्यलय चन्द्रगाढी झापा, आन्तरिक राजस्व कार्यालय झापा ?जिल्ला प्रशासन कार्यालय झापा , प्रदेशिक अस्पताल भद्रपुर झापा , भद्रपुर नगरपालिका र स्वस्थ्य कार्यालय गरि ६ स्थान मा सर्वसाधरण सबैले देख्न पढ्न सक्ने गरि बाहिरी वालमै सुचना ( व्यानर ) टांस गरिएको छ।
सुचना टांस सगै आसपासका पसलहरुमा राखिएका सुर्तिजन्य पदार्थ ( चुरोट , बिडि , खैनी, भोला , मधु, मिठा मधु , पराग सहित हटाउन अनुरोध गरिए अनुसार उक्त आस पास का पसलहरु ले हटाइ अब उप्रान्त कार्यालय को १०० मिटर वरिपरि र १८ वर्ष मुनि का बाल वालिका वा गर्भवती महिलाइ विकृवितरण नगर्ने समेत वचवद्धता गरेका छन । सदरमुकामका कार्यालय प्रमुख , कर्मचारी तथा उपस्थित सेवाग्राही ले उक्त अभियान को प्रशंसा गर्दै अभियान लाई साथ सहयोग गर्ने बताएका छन ।
भद्रपुर नगरपालिका कि उपमेयर राधा कार्की ले अभियानको सफलता को कामना गर्नु भएको छ। त्यसै गरि प्रदेशिक अस्पताल भद्रपुरका मे सु डा रामबाबु खड्काले सुर्तिजन्य , मदिरा जन्य पदार्थ ले सर्ने रोग को क्षेती भन्दा नसर्ने रोगको रुपमा यी पदार्थले निम्त्याउने दुशपरिणामले ठूलो असर गरेको हुदा सबै पक्षबाट यी सामाजिक कार्यमा सहयोग पुग्ने धारणा व्यक्त गर्दै अस्पताल परिसरमा समेत उक्त सचेतना मुलक व्यानर टांस गर्न स्थान समेत उपलब्ध गराउनु भएको थियो ।
माइती नेपाल का कोशी प्रदेस ( क्षेत्रीय )डाइरेक्टर गोविन्द घिमेर ले नापी कार्यलय अगाडि भएको कोण सभा लाई सम्बोधन गर्दै आफ्नो धारणा समेत राखेका थिए । चेतना नेपालका अध्यक्ष एवम प्रमुख प्रशिक्षक इन्द्र प्रसाद ओली ले नेतृत्व गर्नु भएको कार्यक्रम कोण सभामा संस्था कि सदस्य तथा प्रशिक्षक कल्पना भट्टराई , चेतना नेपालका सदस्य तथा दौतरी शिक्षा अभियान का परामशकर्ता आशिम श्रेष्ट , दर्शन भट्टराइ लगायत ,सदस्य शुभेच्छुक हरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम सन्देस मुलक गित गाउदै कार्यक्रम को औचित्य प्रशिक्षक कल्पना भट्टराई ले गर्नु भएको थियो ।त्यसै गरि सुर्तिजन्य , मदिरा जन्य पदार्थका असर यसका एन नियम निर्देशिका कानुनी प्रवधान का विषयमा प्रशिक्षक इन्द्र प्रसाद ओलीले प्रष्टाउनु भएको थियो । ड्रग्स एडिक्सन र सुरुवाती चरण , युवाहरु किन कुलत र दुर्व्यसन मा आक्रशित हुँदै छन , यसको न्युनिकरणमा कसरी भुमिका खेल्न सकिन्छ समुदायले भन्ने विषयमा केन्द्रीत रहि परामर्शकर्ता दर्शन भट्टराई ले जानकारी गराएका थिए भने कार्यक्रमको व्यवस्थापन प्रविधिक भुमिका मा परामर्शकता अशिम श्रेष्ट को भुमिका रहेको थियो ।