विलिभर्स चर्च भद्रपुरमा भव्य मनाइयो क्रिस्मस
भद्रपुर । यरुशलेम बिलिभर्स इस्टर्न चर्च भद्रपुरले क्रिस्मस २०२४ को अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
चर्च फादर रेभ. फादर जगत वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिका नगरप्रमुख गणेश पोखरेल थिए भने अतिथिहरु भद्रपुर वडा नम्बर ८ वडा अध्यक्ष मनोज सुब्ब गौरव, सामाजिक ब्याक्तित्व पूर्व डिएसपी धनपति सिवाकोटी, नेपाल रेडक्रस भद्रपुरका सभापति,तथा सञ्चारकर्मी गोपाल गिरी ,केदार महत लगायत विभिन्न सामाजिक ब्याक्तित्वहरुको उपस्तिथि रहेको थियो ।
्कार्यक्रममा स्वागत चर्च डिकन फादर समर वाग्लेले राखेका थिए भने बिक्रम वाग्लेले सञ्चालन गरेको कार्यक्रममा विभिन्न भजन, नित्र्य, कविता वाचन लगायत प्रस्तुित राखिएको थियो ।
कार्यक्रममा भद्रपुर ८ नम्बर वडाध्यक्ष मनोज सुब्बा साथै नगर प्रमुख गणेश पोखरेलले स्थानीय सरकारले सबै धार्मिक समुदायलाई समान व्यवहार गरिरहेको बताए ।
कार्यक्रममा विभिन्न समुदायको सास्कृतिक नृत्य लगायत प्रस्तुित रहेको थियो । अध्यक्ष फादर जगत वाग्लेले पबित्र बाइबलबाट प्रभुको वचन बोल्दै येशुको जन्म मानिस जातिको निम्ति शान्ति, प्रेम लिएर आएको र सबै जाति हर्सित हुनु पर्ने बताए । कार्यक्रममा चर्चका ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने चर्चका विविध गतिविधिमा सहयोग गर्ने ६ जनालाई पनि सम्मान गरिएको थियो ।