काँग्रेस भद्रपुर ९ को वडा भेला सम्पन्न

भद्रपुर । सय दिने अभियान सहित तल्लो तहको आवाज माथिल्लो निकायमा पुर्याउने लक्ष्य बोकेर नेपाली काँग्रेस भद्रपुर ९ को वडा भेला सम्पन्न गरिएको छ ।

वडा सभापति चेतनाथ भट्टराईको सभापतित्व तथा केन्द्रीय सदस्य गोमा भट्टराईको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।

जिल्ला प्रतिनिधि राजेन्द्र रिजालले अभियान तथा भेलाको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा केन्द्रीय सदस्य भट्टराईले तल्लो तहबाट उठेका प्रश्नको जवाफ दिँदै पार्टी देश र जनताको पक्षमा निरन्तर रहिरहने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

वडा उपसभापति गोपाल श्रेष्ठको स्वागत तथा वडा सचिव चिरञ्जीवि भट्टराईले सञ्चालन गरेको कार्यक्रममा कोशी प्रदेश समिति सदस्य उत्तम चौलागाई, जिल्ला उपाध्यक्ष केशवराज पाण्डे, जिल्ला सदस्य रमेश पोखरेल, क्षेत्र नं १ का सभापति इन्द्रबहादुर बुढाथोकी, नगर सभापति रामबहादुर कँडेल लगायतले शुभकामना मन्तव्य राख्दै नेपाली काँग्रेस विपिको आदर्शबाट समाजवादको लक्ष्य बोकेर हिँडेको पार्टी भएको भन्दै सवै नेपालीको भलो हुने काममा निरन्तर रहने धारणा राखेका थिए भने भद्रपुर ९ का श्याम खवास र निर्मल खवासलाई केन्द्रीय सदस्य भट्टराईले अविरको टिका लगाई सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराएकी थिइन् ।