लेखापढी बचतको १४ औं वार्षिक सभा सम्पन्न

भद्रपुर । लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ८ को १४ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।

सहकारीका अध्यक्ष दलबहादुर थापाको अध्यक्षता र नेपाल बचत तथा ऋण सहकारी संघका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा सभा सम्पन्न गरिएको हो ।

सभामा उत्कृष्ट बचतकर्ता सम्मानबाट अलिम अख्तर तथा टिकाराम अधिकारी र उत्कृष्ट ऋण कारोवार सम्मानबाट गणेश ढकाल र भुवन भण्डारीलाई सम्मान गरिएको थियो भने जेष्ठ सदस्य सम्मानबाट टिकाप्रसाद कोइरालालाई सम्मान गरिएको थियो ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले १४ जना महिला सदस्य सहित २७५ शेयर सदस्य र एक करोड एक लाख ६९ हजार सेयर पूँजी विवरण प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि अधिकारीले धारणा राख्दै कुनै पनि दलको आवरणमा सहकारी ठग्नेहरू संरक्षित हुनु नहुँने भन्दै कानुनी दायरा बढाएर सहकारीको रकम अपचलन गर्नेहरूलाई नियन्त्रण गर्न राज्य लाग्नु पर्ने बताएका थिए ।

सचिव हेमराज खतिवडाले सञ्चालन गरेको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष युवराज कार्की पर्वत, नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन भद्रपुर इकाइका पूर्व अध्यक्ष रमेश पोखरेल, लोकनाथ भट्टराई, राष्ट्रसेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारी लगायतले मन्तव्य राख्दै सहकारीलाई सहकार्यको आधार बनाउनु पर्नेमा जोड दिएका थिए ।