कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रीको टोली क्षति विवरण लिन झापामा
भद्रपुर । कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईको नेतृत्व टोलीले बिरिङ खोलाको बाडीबाट क्षति भएको पुलको स्थलगत अनुगाम गरी निर्माण लागत संकलन गरेको छ ।
विज्ञ प्राविधिक सहित भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशी सहभागी टोलीले शनिश्चरे—खुदुनावारी इलाम जोड्ने सडकको बिरिङ पुलको स्थलगत अनुगमन गर्दै लागत संकलन गरेको हो ।
अनुगमन टालीमा, पूर्व मुख्यमन्त्री उद्धव थापा, नेपाली काँग्रेस झापाका सभापति देउमान थेवे, भौतिक पूर्वाधार कार्यालय झापाका प्रमुख इंञ्जिनियर राजेश्वर महतो, ई. उत्तम खरेलको समूह रहेको थियो ।
टोलीले बाडीका कारण झापामा अन्य क्षति भएका संरचनाको पनि अनुगमन गरी लागत रकमको एकिन गर्ने जनाइएको छ ।