गणपति बेकरीले चन्द्रगढीबाट पिज्जा, केक र कफी सेवा दिने

भद्रपुर । भद्रपुर ८ स्थित चन्द्रगढी विमान स्थलअगाडि गणपति बेकरीले पिज्जा, केक लगायत बेकरी जन्य उत्पादन सहित क्याफे सञ्चालनमा ल्याएको छ ।
करिब ६० लाख लगानीमा कृपा ढकाल र रियाज ढकालद्वारा विमान स्थलबाट आवागन गर्ने पर्यटकलाई लक्षित गरेर बेकरी सहित क्याफे सञ्चालनमा ल्याइएको हो ।
गणपति बेकरीको तेश्रो शाखाका रूपमा सञ्चालनमा ल्याइएको चन्द्रगढी शाखाले नेफोलिटाना पिज्जा, कफी, बड्डे केक आफैं उत्पादन गरेर ग्राहकको माग पूरा गर्ने सञ्चालक कृपा ढकालले जानकारी दिइन् ।
गणपति बेकरीका हेडक्वाटर प्रमुख राजु ढकालका अनुसार गणपतिको विर्तामोडमा मुख्य उत्पादन कार्यालय छ भने काँकरभिट्टा र चन्द्रगढीमा फेन्जाइममा लगिएकोले गुणस्तर मापदण्डको पालना गर्ने गरी शाखा स्वामित्व दिइएको हो ।
गणपति चन्द्रगढीका सञ्चालक रियाज ढकालले गुणस्तरीय उत्पादनमा जोड दिइने बताउँदै केकका लागि होम डेलीभरीको समेत व्यवस्था रहेको जानकारी दिए ।