भद्रपुर नगरको इतिहास बिगारेर पढाइ हुँदै स्थानीय पाठ्यक्रम
दिपक अधिकारी
भद्रपुर । नेपालको पुरानो नगरपालिकाको इतिहास बोकेको भद्रपुर नगरको इतिहास बिगारेर तयार भएको पाठ्यक्रम ३ वर्षयता नगरभित्रका ७ हजार बढी अबोध बालबालिकाले पढिरहेका छन् ।
भद्रपुर नगरको इतिहास नै नबुझेका विज्ञ राखेर तयार पारिएको भद्रपुर सेरोफेरो पुस्तक मार्फत सात हजार बढी बालबालिकालाई ढाँटेर सुधारको प्रयास नगरी ३ वर्षयता जवरजस्ती पढाइ भइरहेको हो ।
पुस्तकले इतिहास मात्र नभएर वर्तमान जनप्रतिनिधिको नाम तथा पद नै बिगारेर भद्रपुर नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले ‘स्थानीय पाठ्यक्रम’ विद्यालयहरूमा पढाउन सुरु गरेको तीन शैक्षिक वर्ष लागिसकेको छ ।
नगरको शिक्षा युवा तथा खेलकुद शाखाले जनप्रतिनिधिहरूलाई सुईंकोसमेत नदिई ‘स्थानीय पाठ्यक्रम (भद्रपुर सेरोफेरो) सन्दर्भ पुस्तिका’ प्रकाशन गरेको हो । नगर उपप्रमुखसहित अधिकांश वडा अध्यक्षलाई पुस्तक प्रकाशित भएको जानकारी छैन । नगर उपप्रमुख राधा कार्कीले अहिलेसम्म पुस्तक हेर्न नपाएको बताउँदै भनिन्–‘ पुस्तक छाप्ने भनेको हो तर, अहिलेसम्म आफूले हेर्न पाएको छैन, पुस्तकमा गल्ती भएको सुनेकोले गल्ती सच्याएर मात्र विद्यालयमा पुस्तक दिन शैक्षिक सत्र सुरु भएकै समयमा भनेको हो । अहिलेसम्म टेरेका रहेनछन् ।’
विद्यार्थीलाई गलत शिक्षा दिन नहुने बताउँदै उपप्रमुख कार्कीले अगाडी भनिन्–‘ शिक्षा शाखा के हेरेर बस्छ भन्या, नगरको इतिहास र जनप्रतिनिधिको नाम, पद नै गलत प्रकाशित भएको पुस्तक किन चलाइरहेको छ ? म यो विषयमा कडा रुपमा अगाडी बढ्छु ।’
केही वडा अध्यक्षलाई पुस्तक प्रकाशित भएको जानकारी भएपनि पुस्तक हेर्न नपाएको बताएका छन् । १ नं. वडा अध्यक्ष रामप्रसाद अधिकारी, २ नं. वडा अध्यक्ष रामबहादुर कँडेल, ४ नं. वडा अध्यक्ष हंशधर राजवंशी, ७ नं. वडा अध्यक्ष अभिषेक ढुंगाना, ९ नं. वडा अध्यक्ष रामप्रसाद दाहालले पुस्तक प्रकाशन भएको सुनेको तर, पुस्तक हेर्न नपाएको बताएका छन् ।
३ नं. वडा अध्यक्ष हेमबहादुर कार्की, ५ नं. वडा अध्यक्ष बन्धु कार्की, ६ नं. वडा अध्यक्ष रतिया राजवंशी, ८ नं. वडा अध्यक्ष गौरव सुब्बा (मनोज), १० नं. वडा अध्यक्ष टेकबहादुर खड्का( काजी)ले त पुस्तक प्रकाशित भएकै थाहा नपाएको बताएका छन् । नगरको शिक्षाजस्तो संवेदनशील विषयमा पुस्तक प्रकाशित हुँदा ६ महिनासम्म वडाका सरकारलाई पत्तो हुँदैन वा पत्तो दिइदैन ? विषय गम्भीर भएको छ ।
स्थानीय पाठ्यक्रममा आधारित स्रोत सामग्री लेखनका विज्ञहरू भनेर ७ जना शिक्षकहरूको कार्यदलले तयार गरेको सन्दर्भ पुस्तिकामा भाषागत शुद्धता छाडेर सयौं ठाउँमा नगरकै इतिहास बिगारिएको छ ।त्यस्तै वर्तमान जनप्रतिनिधिको नाम तथा पद नै बिगारिएको छ । जसका कारण विद्यार्थीमा भ्रम सृजना भएको छ ।
स्थानीय पाठ्यक्रममा आधारित स्रोत सामग्री लेखनका विज्ञहरू भनेर ७ जना शिक्षकहरूको कार्यदलले तयार गरेको सन्दर्भ पुस्तिकामा भाषागत शुद्धता छाडेर सयौं ठाउँमा नगरकै इतिहास बिगारिएको छ ।त्यस्तै वर्तमान जनप्रतिनिधिको नाम तथा पद नै बिगारिएको छ । जसका कारण विद्यार्थीमा भ्रम सृजना भएको छ ।
त्यसैगरी नगर उपप्रमुखमा २०६२ सालमा निर्वाचित भएका मानबहादुर धमला (गोपाल) को नाम नै हटाइएको छ । २०७९ सालमा निर्वाचित नगर उपप्रमुख राधा कार्कीलाई २०७५ सालसम्मको उपप्रमुख बनाइएको छ ।
स्थापनाकालदेखि हालसम्मका नगर उपप्रमुखहरूमा जीवनकुमार श्रेष्ठलाई २०५४–२०५९ सम्म उपप्रधानपञ्च, चन्द्रमाया श्रेष्ठलाई २०७४–२०७९सम्म उपप्रधानपञ्च र राधा कार्कीलाई २०७९ सम्म उपप्रधानपञ्च लेखिएको छ ।
त्यसैगरी विक्रम सम्वत् २००० मा जन्मेका ओमप्रकाश सरावगीले २०३१ सालमा भद्रपुरको पद्मोदय हाईस्कूलमा कक्षा १० मा पढेको र २०२१ र २०२७ सालमा वडा अध्यक्ष तथा २०२९ सालमा निर्विरोध प्रधानपञ्चमा निर्वाचित भएको लेखिएको छ । उल्लेखित विवरण त उदाहरण मात्र हुन् ।
पुस्तक लेखन कार्यदलमा डिल्लीराम पोखरेल, पुरुषोत्तम खरेल, होमनाथ गुरुङ, दिपक दाहाल, श्रीप्रसाद ढुंगेल, कोपिला दाहाल र सुरज सापकोटा रहेका थिए । विज्ञ भनिएको टोलीका डिल्लीराम पोखरेलले–‘हाम्रो नगर’, पुरुषोत्तम खरेलले–‘ हाम्रो धर्म, मौलिक कला र सीप’, होमनाथ गुरुङले–‘हाम्रो सम्पदा’को विषयमा लेखेको बताइएको छ ।
पुस्तक लेखन कार्यदलमा डिल्लीराम पोखरेल, पुरुषोत्तम खरेल, होमनाथ गुरुङ, दिपक दाहाल, श्रीप्रसाद ढुंगेल, कोपिला दाहाल र सुरज सापकोटा रहेका थिए । विज्ञ भनिएको टोलीका डिल्लीराम पोखरेलले–‘हाम्रो नगर’, पुरुषोत्तम खरेलले–‘ हाम्रो धर्म, मौलिक कला र सीप’, होमनाथ गुरुङले–‘हाम्रो सम्पदा’को विषयमा लेखेको बताइएको छ ।
शिक्षा शाखा प्रमुख राजकुमार ओडारी हुँदा प्रकाशित सो पुस्तक प्रकाशित गर्दाको खर्च समेत नगरपालिकाबाट फस्र्यौट भएको छैन ।
नगरको शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा सहायक योगेन्द्र पौडेलले ‘स्थानीय पाठ्यक्रम (भद्रपुर सेरोफेरो) सन्दर्भ पुस्तिका’ शिक्षकको सहयोगी पुस्तक मात्र भएको बताएका छन् । पाठ्यपुस्तक लेख्ने काम भइरहेको र असोज मसान्तमा लेखेर सकिने पौडेलले बताए । पाठ्यपुस्तकको पाण्डुलिपि तयार गर्न होम गुरुङ, गिरीधर कट्टेल शर्मा, बद्री तिम्सिना, सृजना प्रसाईं, दिपा पोखरेल रहेको कार्यदल बनाइएको र सोही कार्यलदले कक्षा १ देखि ५ कक्षासम्मको पुस्तक तयार गरिरहेको बताइएको छ ।
असोज मसान्तसम्ममा पुस्तकको पाण्डुलिपि तयार भएपछि भद्रपुरको इतिहास बुझेका, कलम चलाउने सञ्चारकर्मी एवम् प्राध्यापकमध्येका व्यक्तिहरूको एउटा कार्यदल बनाई पुस्तकको सम्पादन गरी २०८१ माघसम्ममा पुस्तक नै प्रकाशित गरिसक्ने र २०८२ बैशाखबाट सबै विद्यार्थीलाई पुस्तक उपलब्ध गराउने योजना रहेको शिक्षा सहायक पौडेलले बताएका छन् ।
यसैबीच भद्रपुर नगरपालिका क्षेत्रका ७ हजार बढी विद्यार्थीलाई पुस्तक बिना परीक्षा दिन बाध्य पारिएको छ । पाठ्यपुस्तक २०८२ बैशाखदेखि लागु गर्ने तयारीमा लागेको भद्रपुर नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले नगर क्षेत्रका कक्षा १ देखि ८ सम्मका ७ हजार बढी विद्यार्थीलाई चालु शैक्षिक सत्रदेखि नै पुस्तक बिना परीक्षा दिन बाध्य पारेको हो । नगरको शिक्षा युवा तथा खेलकुद शाखाले ‘स्थानीय पाठ्यक्रम (भद्रपुर सेरोफेरो) सन्दर्भ पुस्तिका’ प्रकाशन गरेर विषयगत शिक्षकलाई मात्र उपलब्ध गराएको छ । विषयगत शिक्षकले त्यति पुस्तक पढेर विद्यार्थीलाई सिकाउने र सोही आधारमा विद्यार्थीले परीक्षा दिनु पर्ने हुन्छ ।