लघु बित्तको सुरक्षा माग गर्दै प्रजिअलाई ज्ञापन पत्र

भद्रपुर । लघु वित्त कम्पनी माथि भइरहेको अराजक समूहको आक्रमण रोक्न माग गर्दै सरोकारवालाले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएका छन् ।
दुई वर्षयता वित्तिय संस्था बिरूद्ध भ्रम फैलाउँदै ऋण नतिर्नका लागि अराजक समूहले गरिरहेको गैर कानुनी काम रोक्न माग राख्दै झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन पत्र बुझाइएको हो ।
झापामा सकृय लघु बित्त कम्पनीका प्रतिनिधिहरूले सुरक्षाको माग गर्दै बुझाइएको ज्ञापन पत्रमा भनिएको छ— ३० पर्षयता गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्न गाउँ गाउँमा सञ्चालनमा रहेका लघुबित्त बिरूद्ध ऋण नतिर्न भइरहेका अराजन समूहका गतिविधि नरोकिए सवै कारोवार बन्द भइ सेवा लिइरहेका लक्षित समूह असहज अवस्थामा पुग्ने भन्दै अराजक समूहका गतिविधि रोक लगाउन माग गरिएको छ ।