कालीमन्दिर टोल विकास संस्थामा –नेपाल
भद्रपुर । कालीमन्दिर टोल विकास संस्था भद्रपुर ७मा हुतराज(उत्तम) नेपालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । संस्थाले शनिबार आयोजना गरेको चौथो बार्षिक साधारणसभाले दुईबर्षे कार्यकालका लागि नयाँ समिति चयन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा बालकुमारी (मिना) भट्टराई,सचिवमा जीवनमणि लम्साल ,सहसचिवमा हिमा न्यौपाने र कोषाध्यक्षमा दिक्षा विश्वकर्मा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा विवेक लम्साल, रामविलास सहनी मुखिया,केशव ऋषिदेव र तिर्थराज पोखरेल चयन गरिएको निर्वाचन मण्डलका संयोजक जगन्नाथ खतिवडाले बताए । कार्यसमितिको पहिलो वैठकले दुई जना सदस्य मनोनयन गर्ने गरी हाल ९ जनाको समिति गठन गरिएको उनले बताए । गठित समितिलाइ निर्वतमान कार्यसमितिले पद हस्तान्तरण समेत गरेको थियो ।
संस्थाका अध्यक्ष महेश प्रसाद घिमिरेको सभापतित्व तथा भद्रपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अभिषेक ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाको साँगठानिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाका सदस्य झमकबहादुर बस्नेतले स्वागत गरेको कार्यक्रममा नगरकार्यपालिका सदस्य सिता गुराँगाई र युवाको तर्फबाट विवेक लम्सालले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा सदस्य कुपितनारायण राजवंशी,केदार निरौला लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन उत्तम नेपालले गरेका थिए ।