चन्द्रगढी वनको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
भद्रपुर । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको ५ दिने उद्घोषण, भाषणकला तथा माइन्युट लेखन तालिम सम्पन्न गरेको छ ।
समूहमा आबद्ध सदस्य लक्षित गरेर सञ्चालन गरिएको ५ दिने तालिम समितिको कार्यालयमा सम्पन्न गरेको हो ।
अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा डिभिजन वन कार्यालय प्रमुख मेघराज राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तालिममा सहभागीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले प्रशिक्षण प्रदान गरेको कार्यक्रममा १८ जनाले प्रशिक्षण लिएका थिए ।
स्वागत कोषाध्यक्ष अनुज खतिवडाले गरेको कार्यक्रमको सञ्चालन वनकी सदस्य मञ्जु खतिवडा अधिकारीले गरेकी थिइन् भने मन्तव्य प्रशिक्षक केशव भट्टराई, प्रशिक्षार्थी एकबहादुर भुजेल, विना प्याकुरेल र दीपक खतिवडा लगायतले मन्तव्य राखेका थिए ।