महिलाका लागि सञ्चालित चन्द्रगढी वनको ४ दिने उद्यामशील तालिम सम्पन्न

भद्रपुर । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले गरीवी न्यूनीकरणमा महिला शसक्तिकरण कार्यक्रम अन्र्तगत ४ दिने सीप विकास उद्यमशील तालिम सम्पन्न गरेको छ ।
गरीवी न्यूनीकरणका लागि वन समूहमा आवद्ध महिला उपभोक्ताहरूमा लक्षित गरेर दैनिक रूपमा आवश्यक घरायसी सामान बनाउने ४ दिने तालिम सम्पन्न गरेको हो ।
वन समूहले वार्षिक कार्यक्रमअनुसार महिला लक्षित साबुन, हार्पिक, सर्फ र फिनेल बनाउने तालिम सञ्चालन गरेको थियो । तालिममा समूहमा आबद्ध ३९ जनाले सहभागिता जनाएका छन् । तालिम पश्चात सहभागीहरू आफै उद्यमी बन्ने हौसला पाएको बताउँछन् ।