एमरेल्ड रेडक्रस सर्कलको सभापतिमा नवीव तिम्सेना
भद्रपुर । जुनियर युवा रेडक्रस सर्कल एमरेल्ड एकाडेमी भद्रपुर नवीन तिम्सेनाको सभापतित्वमा ११ सदस्यीय समिति गठन भएको छ ।
समितिको उपसभापतिमा पुष्पा दाहाल, सचिव आरजु गिरी, सहसचिव विशाल मुखिया र कोषध्यक्षमा निकिमा थापा निर्विरोध चयन भएका हुन् ।
यस्तै सदस्यहरूमा क्रमशः सौरभ भट्टराई, सजल खत्री, सतिस यादव, उत्साही कर्ण, रियान्स गोयल र कुन्साङ्ग तामाङ रहेका छन् भने शिक्षक नायकमा मिनकुमार अधिकारी र संरक्षकमा प्रिन्सिपल दिगम्बरराज अधिकारी रहेका छन् ।
नवीन तिम्सेनाको अध्यक्षता तथा रेडक्रस उपशाखा भद्रपुरका सभापति गोपाल गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा भद्रपुर ७ का निवर्तमान वडाध्यक्ष तथा बालमैत्री चेनपेन विनोदप्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य राख्दै बालबालिकालाई मानव सेवामा प्रवेश गराउन जुनियर रेडक्रस सफल हुने धारणा राखेका थिए ।