भद्रपुरमा बालमैत्री शिक्षणका लागि सामाजिक शिक्षकलाई अभिमुखीकरण

भद्रपुर । भद्रपुर नगरपालिका सामाजिक विकास शाखाको आयोजनामा सामाजिक विषयका शिक्षक तथा बाल क्लब सहजकर्ता शिक्षकका लागि एक दिने बालमैत्री अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ ।

शिक्षणमा बालमैत्री व्यवहारको उपयोगका लागि आयोजित अभिमुखीकरणमा भद्रपुरमा रहेका सरकारी तथा संस्थागत विद्यालयका शिक्षकको सहभागिता रहेको थियो ।

अभिमुखीकरणमा गोपाल लिम्बू, दिपक पाण्डे लगायतले सहजीकरण गर्दै युग सुहाउँदो शिक्षणका लागि बालमैत्री व्यवहार आवश्यक रहेको भन्दै परम्परागत दमनको शैलीले शिक्षाको विकास नहुने प्रष्ट पारेका थिए भने सहभागी शिक्षकहरूले बालमैत्रीको नाममा अराजकता प्रवेश गर्दा शिक्षाको गुणस्तर खच्कने अवस्था आएको गुनासो राखेका थिए भने शाखाकी प्रमुख जीवनकला राउतले भद्रपुरको सामाजिक विकासको अवस्था वारे जानकारी गराएकी थिइन् ।