आजको खेलमा त्रिभुवन आर्मी बिजयी
भद्रपुर । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार मेची रंगशालामा भएको खेलमा पाहुना टोली डु«क ल्हायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलमा आर्मीका जितेन्द्र कार्की र सुशान्त चौधरीले एक÷एक गोल गरे । खेलको तेस्रो मिनेटमै आर्मीले पाहुन टोली भुटानविरुद्ध गोल गर्यो । पेनाल्टी एरिया नजिकै आर्मीले पाएको फ्रिकिकको सदुपयोग गर्दै तेस्रो मिनेटमा जितेन्द्र कार्कीले गोल गरे । उनले फ्रिकिकबाट सिधै जाली चुमाएका हुन् । यस्तै, खेलको ६४ औँ मिनेटमा आर्मीका सुशान्त चौधरीले अर्को गोल थपे । बारमा ठोकिएर फर्किएको बललाई पेनाल्टी एरियामा रहेका चौधरीले गोल गरेका थिए ।
सुरुवातमै गोल खाएपछि दबाबमा रहेको भुटान पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा क्वार्टर फाइनलबाटै घर फर्कनुपर्यो । खेलमा भुटानको डिफेन्स लाइन निकै कमजोर देखिन्थ्यो ।
आजको खेलको प्लेयर अफ द म्याच आर्मीका जितेन्द्र कार्की घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।शुक्रबारको खेल विभागीय टोली एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
तस्विर : विगम श्रेष्ठ