भद्रपुर झापा गोल्डकपको तयारी पूरा

भद्रपुर । भद्रपुर स्थित मेची रंगशालामा फागुन ७ गतेबाट सुरू हुने भद्रपुर झापा गोल्ड कपको तयारी पूरा भएको छ ।

भद्रपुर झापा गोल्ड कप आयोजक समितिले मेची रगंशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खेलका लागि आवश्यक सवै पूर्वाधार सहितका संरचना तयार पारिएको हो ।

समितिका महासचिव जीवनकुमार श्रेष्ठका अनुसार नेपाल , भारत तथा भुटानका गरी १० टिमको सहभागिता हुने गोल्डकपमा खेल व्यवस्थापन, पुरस्कार तथा सम्मान र खेलाडी व्यवस्थापनका लागि आवश्यक संरचना तयार भइसकेका छन् ।

समितिका बरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीका अनुसार आयोजक टिमका लागि भद्रपुर ब्लेजर्सका लागि भद्रपुरका ख्यातिप्राप्त खेलाडी सहित नेपाल तथा क्यामरुमका ख्यातिप्राप्त ए डिभिजनका खेलाडी सहभागी हुने छन् ।

यस्तै नेपाल आर्मी ,नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा, मनाङमस्र्याङ्दी लगायतका नेपालका ख्यातिप्राप्त ए डिभिजन टिमको सहभागितामा रोचक प्रतिष्पर्धाका साथ खेल सम्पन्न हुने छ ।

महासचिव श्रेष्ठका अनुसार प्रथम पुरस्कर १३ लाख राशिको हुने छ भने द्वितीय पुरस्कर ७ लाख राशिको रहने छ ।

गोल्डकपलाई निरन्तरता दिन संस्था दर्ता विधिवत गरिएको छ भने भद्रपुर झापा गोल्डकपको आजिवन सदस्य बनाउदै लगिएको छ ।

मेची रंगशाला हुने गोल्डकपको लागि खेलमैदानलाई खेल्न योग्य बनाउने काम पूरा भएको छ । आयोजक समितिले नेपाल तथा भारतका समेत खेल पे्रमी दर्शकलाई मध्यनजर गर्दै यातायात तथा सुरक्षा व्यवस्था मिलाएको छ ।

गोल्डकपमा जेष्ठ नागरिक र अपाङ्गता भएकालाई निशुल्क हेर्न दिने व्यवस्था मिलाइएको छ भने भद्रपुर नगरपालिका भित्रका विद्यालयमा अध्यक्ष गर्ने विद्यार्थीलाई समेत आलोपालो खेल हेर्न दिइने छ ।

गोल्ड कप समितिका अध्यक्ष दिपेश ढकालले दिएको जानकारी अनुसार रंगशालामा २० हजार दर्शकले एकैचोटी खेल हेर्ने गरी स्थायी र अस्थायी प्यारामिट तयार पारिएको छ । खेल हेर्न १५० रूपैयाको टिकट भए पनि १४० रूपैया बराबरको जुस निशुल्क टिकट खरिदकर्ताले पाउने छन् भने हरेक दिन २४ इन्चको टिभी, सौर्य एएर लाइन्सको काठमाण्डौ भद्रपुरका लागि ३ वटा टिकट र ५ जनाले होटलमा खाना निशुलक पाउने गरी लक्की ड्रको व्यवस्था समेत गरिएको अध्यक्ष ढकालले जानकारी दिएका छन् ।

खेल आयोजक समितिका अध्यक्ष दिपेश ढकालको अध्यक्षता तथा संञ्चार संयोजक गोपाल गिरीको संयोजनमा सम्पन्न कार्यक्रममा गोल्ड कप संरक्षण समितिका संयोजक भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, आयोजक टिमका प्रमुख प्रशिक्षक हरी खड्का, सौर्य एएर लाइन्सका अध्यक्ष दिपक पोखरेल लगायत खेल संम्बद्ध वयक्तिहरूको सहभागिता रहेको थियो ।

भौतिक पूर्वाधार भएर पनि मेची रंगशाला दुई दशकयता खेलविहिन अवस्थामा रहेको थियो । यस्तो सून्यता हटाउन भद्रपुर नगर सरकारले पहिलो पटक नीतिगत रूपमै वजेटमा समेटेर चलयमान मेची रङ्गशाला बनाउन ‘भद्रपुर झापा गोल्डकप’ को आयोजनाका लागि वातावरण तयार पारेको छ । नगर सरकारको संरक्षणमा भद्रपुर झापा गोल्डकप आयोजक समिति निर्माण गर्दै यही फागुन ७ गतेबाट राष्ट्रिय अन्र्तराष्ट्रिय खेलाडी सहभागी हुने गरी ए डिभिजन स्तरीय खेल सम्पन्न गरिने भएकोमा स्थानीय नागरिकमा समेत उत्साह थपिएको छ ।