देउनिया किनारमा दाहाल राजवंशीको प्रयासमा झापा अटो सञ्चालनमा

भद्रपुर । भद्रपुर–१० देउनियामा गाडी सर्भिसका लागि सुविधा सम्पन्न झापा अटो सञ्चलनमा आएको छ ।

झापा अटोको उद्योग बाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकालले उद्घाटन गरेका हुन् ।

चार कठ्ठा जग्गा बहालमा लिएर भद्रपुर १० का विभुराज दाहाल र नेत्रकुमार राजवंशीले झापा अटो सञ्चालनमा ल्याएका हुन् ।

जग्गासहित करिब एक करोड २५ लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको झापा अटोबाट सबै कम्पनीका ‘फोर ह्वीलर’ गाडी मर्मत गरिने सञ्चालक राजवंशीको भनाइ छ ।

झापा अटोमा सर्भिसिङ, डेन्टिङ पेन्टिङ, स्पेयर्स पार्ट, वासिङ, होम सर्भिसको व्यवस्था रहेको जनाइएको छ । निकट भविष्यमै इलेक्ट्रोनिक सवारी साधनका लागि चार्जिङ स्टेशन समेत सञ्चालन गरिने सञ्चालक विभुराज दाहालले बताए । झापा अटो सञ्चालनमा आएसँगै चार जनाले रोजगारी समेत पाएका छन् ।