साना किशान चन्द्रगढीको अध्यक्षमा देवीमाया अधिकारी
भद्रपुर । भद्रपुर १० स्थित साना किशान कृषि सहकारी संस्था लिमिटेड चन्द्रगढीको सातौं वार्षिक सभाबाट अध्यक्षमा देवीमाया अधिकारी सर्वसम्मत चयन भएकी छिन् ।
चन्द्रगढीमा सम्पन्न सभाले ४ वर्षे कार्यकालका लागि गठित तेस्रो अधिवेशनले अधिकारीलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दुर्गादेवी पौडेल निरौला चयन भएकी छिन् भने सदस्यहरूमा क्रमशः यसोदा निरौला, निर्मला दंगाल, मिना कोइराला, पवित्रादेवी वराल, विनादेवी प्याकुरेल र सावित्रा दाहाल निर्विरोध चयन भएका हुन् ।
संस्थाकी अध्यक्ष देवीमाया अधिकारीको अध्यक्षता तथा प्रदेश १ का भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा नेप्सकुनका केन्द्रीय सञ्चालक समिति सदस्य घनश्याम अधिकारी, भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, सहकारी शाखा विर्तामोडका अधिकृत डिल्ली दाहाल, सहकारी शाखा भद्रपुरका डिल्ली ढकाल लगायतले मन्तव्य राख्दै कृषि उत्थान र स्वरोजगारका लागि सहकारी अपरिहार्य रहेको धारणा राखेका थिए ।
उपाध्यक्षमा दुर्गादेवी पौडेल निरौलाले स्वागत गरेको कार्यक्रममा उत्कृष्ट ऋण कारोवार सम्मानबाट मिश्राकुमारी गौतम, उत्कृष्ट बाल बचत सम्मानबाट मन्दिप गुरागाई, विनुजा पौडेल र जेष्ठ सदस्ष् सम्मानबाट केशकुमारी पोखरेललाई सम्मान गरिएको थियो भने निर्मला दंगालले स्वागत तथा अध्यक्ष अधिकारीले वार्षिक प्रगति विवरण सहित आगामी नीति कार्यक्रम पेश गरेकी थिइन् ।