क्षेत्र नं. २ र ४ मा स्वतन्त्र र ३ मा राप्रपाको अग्रता

भद्रपुर । ५ र्विाचन क्षेत्र रहेको झापामा ढिलो–चााडो गरी सवै क्षेत्रको मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । क्षेत्र नं. १ र ५ मा भर्खर शुरुवात हुँदै हुँदै गरेकोे मुख्य निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिएका छन् ।

अहिले ५ बजे साँझसम्मको प्रारम्भिक नतिजा अनुसार झापा क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपाल(स्वागत), क्षेत्र नं. ३ मा रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, झापा ४ मा स्वतन्त्र पार्टीका सम्भू ढकाल ‘सुस्केरा’ ले अग्रता लिएका छन् ।

झापा क्षेत्र नम्बर– ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै लगेका छन् दुई हजार मत गनिसक्दा लिङ्देनले एक हजार ३ मत र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ७८४ मत प्राप्त गरेका छन् । दुवैबीचको मतान्तर २१९ छ ।